काठमाडौँ — बागमती, मनोहरा र धोबीखोला नदी करिडोरमा हिँड्नुभयो भने देख्नुहुन्छ— भत्काइएका घरका कङ्क्रिट र भत्केका घरका अवशेषहरूका साना–ठूला थुप्रा । विस्थापित सुकुम्बासीहरूको व्यवस्थापनको विषयमा बहस भइरहेका बेला अर्को पेचिलो विषय देखिएको छ— भत्केका संरचनाका अवशेषहरूले निम्त्याउने वातावरणीय प्रदूषण ।
फोहोर व्यवस्थापन विज्ञ आशीष खनाल उचित वर्गीकरण, पुनःप्रयोग र व्यवस्थापन प्रणालीबिनै भत्काइएका संरचनाबाट निस्किएको फोहोरले अर्को वातावरणीय संकट निम्त्याउन सक्ने बताउँछन् ।
सरकारले फोहोर व्यवस्थापन तथा आगामी कामको समन्वयको जिम्मा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिलाई दिएको छ । समितिका उप–परियोजना निर्देशक उद्धव नेपालका अनुसार सरकारले भत्काइएका क्षेत्रलाई ‘सुन्दर बगैंचा’ मा रूपान्तरण गर्ने योजना बनाएको छ । त्यसका लागि भग्नावशेषमाथि माटो हालेर हरियाली बनाइनेछ । साथै नदीसँग समानान्तर तटबन्ध र ढल निकास संरचना निर्माण गर्ने योजना पनि समितिसँग छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
metooonline.com